काठमाण्डू: अहिले सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर भन्दै एउटा तस्वीर भाइरल भइरहेको छ। जसमा रवि दावी गरिएका व्यक्ति सुतिरहेका देखिन्छन्।
उक्त तस्वीर रविको हो वा होइन भन्ने विषयमा अहिले जनमानस दुई पक्षमा बाँडिएका छन्। रास्वपाका नेता कार्यकर्ता र समर्थकले तस्वीर रविकै भएको र उनीमाथि हिरासतमा पनि निगरानी भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् भने कोहीले तस्वीर नक्कली भएको बताइरहेका छन्।