इटहरी र दुहबीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

IMG-20241219-WA0047

विराटनगर: सुनसरीको इटहरी र दुहबीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो इटहरी उपमहानगरपालिका-१३ कालीमन्दिर स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई प्र १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालक मोरङ रंगेली नगरपालिका-६ का ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको हो।
बुधबार साँझ सुनसरीको दुहबी नगरपालिका-८ जुटमिल अगाडी दुहबीबाट इटहरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७च ०४८२ नम्बरको कारको ठक्करबाट बाटाे क्रस गर्दै गरेका पैदल यात्री सोही स्थानका ४५ वर्षीय गणेश गुप्ताको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएकाहरुलाई दुर्घटना लगतै उपचारका लागि विराट मेडिकल कलेज भर्ना गरिएको थियो। उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement