रियल म्याड्रिड बन्यो इण्टरकण्टिनेण्टल कप च्याम्पियन

IMG-20241219-WA0117

बहरीन (कतर): रियल म्याड्रिडले मेक्सिकोको क्लब पचुकालाई ३-०-ले पराजित गरी इण्टरकण्टिनेण्टल कप फूटबल टुर्नामेण्टको खिताब जित्यो। यसको साथै कार्लो एन्सेलोट्टी रियल म्याड्रिडको इतिहासमा सर्वाधिक ट्रफी जित्ने प्रशिक्षक बने। स्पेनिश क्लबले एन्सेलोट्टीको मार्गदर्शनमा आफ्नो १५औं खिताब जित्यो। उनले पूर्व प्रशिक्षक मिगुएल मुनोजको रेकर्ड तोड़े, जसले १९६० र १९७०-को दशकमा रियल म्याड्रिडलाई १४ वटा खिताब दिलाएका थिए। लुसैल स्टेडियममा बुधवार राति खेलिएको फाइनलमा रियल म्याड्रिडले ६६ प्रतिशत पोजेशनको साथ खेल्दै मेक्सिकोको क्लबमाथि लगातार दबाउ बनायो। स्पेनिश क्लबबाट कीलियन एम्बाप्पेले ३७औं मिनटमा पहिलो गोल गरे। त्यसपछि रोड्रिगोले ५३औं र विनिसियस जूनियरले ८४औं मिनटमा गोल गरी रियल म्याड्रिडलाई च्याम्पियन बनाए। ट्रफी जितेपछि प्रशिक्षक एन्सेलोट्टीले भने, म यस जीतसँग खुशी छु। हाम्रो शुरुवात असल रहेन तर जीतको साथ अन्त गर्न पाउँदा हामी खुशी छौं। यस जीतको साथै रियल म्याड्रिड टुर्नामेण्टको इतिहासमा सबैभन्दा सफल क्लब बन्यो। रियलले यसअघि १९६०, १९९८ र २००२-मा पनि खिताब जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement