न्यूजील्याण्डविरुद्ध टी२० सीरीजको निम्ति श्रीलंकाई टीमको घोषणा

IMG-20241219-WA0105

माउण्ट माउंगानुई: श्रीलंकाले न्यूजील्याण्डविरुद्ध सीरीजको निम्ति आफ्नो टी२० टीमको घोषणा गऱ्यो। चरिथ असलांका ३ वटा म्याचको टी२० सीरीजको निम्ति १६ सदस्यीय श्रीलंकाई टीमको कप्तान हुनेछन्। गत नोभेम्बर महिना न्यूजील्याण्डविरुद्ध घरेलु टी२० सीरीजमा हिस्सा लिने टीममा कुनै फेरबदल गरिएको छैन। हालै समाप्त भएको अबु धाबी टी१० टुर्नामेण्ट र श्रीलंकाको न्यूजील्याण्डविरुद्ध गत सीरीजमा असल प्रदर्शन गर्ने ब्याटर भानुका राजपक्षेले टीममा आफ्नो स्थान कायम राखेका छन्। नोभेम्बरमा श्रीलंका र न्यूजील्याण्डबीच २ वटा म्याचको टी२० सीरीज खेलिएको थियो। आईसीसी-ले बताएअनुसार, श्रीलंकाई टीमले शुक्रवार न्यूजील्याण्ड प्रस्थान गर्नेछ। श्रीलंका र न्यूजील्याण्डबीच पहिलो टी२० म्याच २८ दिसम्बरमा खेलिनेछ। त्यसपछि रहल २ वटा म्याच ३० दिसम्बरर २ जनवरीमा खेलिनेछ। पहिलो दुईवटा टी२० म्याच माउण्ट माउंगानुईमा खेलिनेछ। अन्तिम म्याच नेल्सनमा खेलिनेछ। टी२० सीरीज समाप्त भएपछि श्रीलंका र न्यूजील्याण्डबीच ३ वटा वनडे म्याचको सीरीज खेलिनेछ। तीनवटा वनडेम्याच ५, ८ र ११ जनवरीमा खेलिनेछ।
न्यूजील्याण्डविरुद्ध टी२० सीरीजको निम्ति श्रीलंकाई टी२० टीमः
चरिथ असलांका (कप्तान), पथुम निसांका, कुसल मेण्डिस, कुसल परेरा, अविष्का फर्नाण्डो, कामिन्दु मेण्डिस, दिनेश चाण्डीमल, भानुका राजपक्षे, वानिन्दु हसरंगा, महीश तीक्षणा, जेफरी वेण्डरसे, चामिदु विक्रमासिंघे, मथीशा पथिराना, नुवान तुषारा, असिथा फर्नाण्डो, बिनुरा फर्नाण्डो

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement