ड्रग्ससहित युवक पक्राउ

n6439419281734546235112006f0d89eb4294bced139785f732f2be7a776fe516ef96ab3fdb3150113f8879

गान्तोक: मल्ली पुलिसले भारी मात्रमा ड्रग्ससहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी सोरेङ जिल्लाको नयाँ बजार निवासी रोशन गुप्त रहेको पुलिसले बताएको छ। पुलिसले थप जानकारी गराए अनुसार आरोपी गुप्त सिलगढीदेखि जोरथाङ ट्याक्सीमा आइरहेको समयमा मल्ली चेक पोस्टमा जाँच गर्ने क्रममा आरोपीबाट ८६४ वटा विन्सपास्मो फोर्ट क्याप्सुल फेला पारेको छ। पुलिसले आरोपी गुप्त विरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement