नाम्चीमा फिट इन्डिया साइक्लिङ ड्राइभ शुरु

IMG-20241218-WA0280

नाम्ची: नाम्चीमा फिट इन्डिया साइक्लिङ ड्राइभ शुरु भयो। सिक्किम सरकारका खेलकूद तथा युवा मामिला विभागीय उपनिर्देशक बसन्त प्रधानले अन्तर्राष्ट्रिय फुटबल खेलाडी करिश्मा राईको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरेका थिए। यसअवसरमा ५० जना साइकल राइडरहरूले एसएआई एसटीसी नाम्चीदेखि आसाङथाङ हेलिप्याडसम्म १० किलोमिटरको यात्रा गरेका थिए। यस अभियानलाई दिगो र स्वस्थ यातायातको रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो। कार्यक्रममा एसटीसी नाम्चीका खेलाडीहरू र विभिन्न विद्यालयका विद्यार्थीहरूका साथै अन्य फिटनेस संस्थाहरुका प्रतिनिधिहरुको पनि उपस्थिति थियो। उल्लेख्य, आज बिहान उक्त अभियानलाई देशको राजधानी दिल्लीस्थित मेजर ध्यानचन्द राष्ट्रिय रङशालामा ‘फिट इन्डिया साइक्लिङ ड्राइभ’ को रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीले शुरु गरेका थिए। यो अभियान देशव्यापी अभियानको रुपमा स्वस्थ र हरियाली भारतको महत्वलाई ध्यानमा राख्दै शुरु गरेको हो। उक्त कार्यक्रममा केन्द्रीय युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल, सांसद तेजस्वी सूर्य, साथै पेरिस प्याराओलम्पिकमा काँस्य पदक विजेता सिमरन शर्मा पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement