गान्तोक: राज्यका सडक एवं पुल विभाग मन्त्री एनबी दाहालको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्रमा आज पानी र स्वच्छता अभियानबारे एक सभा सम्पन्न भयो। यस सभामा गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारे लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री दाहालले सहयोगी शासन, सामूहिक जिम्मेवारी र व्यावसायिक प्रतिबद्धतामाथि जोड दिए। उनले अधिकारीहरूलाई इमान्दारीपूर्वक काम गर्न, आफ्नो समयको प्रभावकारी रूपमा उपयोग गर्न र सम्वन्धित विभागका अधिकारीहरूसँग तालमेल राखेर राज्यको विकासमा योगदान दिनुपर्ने आग्रह गरे। गुरुत्वाकर्षणमा आधारित योजनाहरूलाई प्रकाश पार्दै, मन्त्रीले विस्तृत परियोजना निर्माण र अन्तर-विभागीय सहयोगको महत्त्वमा जोड दिँदै प्रत्येक अधिकारीले राज्यको विकासात्मक गतिविधिहरूमा योगदान पुऱ्याउनु पर्ने अपील गरे। अन्तमा उनले समन्वय बैठकमा सहभागिता बन्न पाएकोमा कृतज्ञता व्यक्त गर्दै अधिकारीहरूलाई राज्य विकासको लागि टोली-उन्मुख दृष्टिकोणको लागि आग्रह गरे।
सोही प्रकारले गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले गान्तोक जिल्लाका विभिन्न खण्डहरूमा मासिक समीक्षा र विकास ट्र्याकिङको महत्त्वमामाथि जोड दिए। उनले विशेष गरी सबै सम्बन्धित खण्ड विकास अधिकारीहरू र सह अभियन्ताहरूलाई अर्को मासिक बैठक अघि खण्डको प्रगतिबारे प्रतिवेदन पेश गर्न निर्देशन दिए। उनले जवाफदेहितामाथि जोड दिँदै सरकारद्वारा शुरू गरिएको परियोजना पूरा गर्नका लागि मापदण्ड र समयसीमा कडाइका साथ पालना गर्नुपर्ने सुझाउ दिए।जिल्लापालले धारा विकास टोलीलाई उनीहरूको निरन्तर प्रयासहरूको लागि हार्दिक प्रशंसा व्यक्त गरे।
यसरी नै ग्रामीण विकास विभाग अन्तर्गत सञ्चालित वरिष्ठ धारा विकासका संयोजक एसबी कार्कीले धारा विकास (स्प्रिङ शेड) पहल अन्तर्गत खामडोङ ब्लक अन्तर्गत गरिएको क्षेत्रीय अध्ययनको विस्तृत प्रतिवेदन प्रस्तुत गरे। उनले हालसम्म कार्यान्वयन गरिएका कार्य योजनाहरूको बारेमा विस्तृत रूपमा वर्णन गर्दै दिगो विकास र स्रोत व्यवस्थापन सुनिश्चित गरिनु पर्ने प्रस्ताव ल्याए।