मंगन: मंगनको हाइल्याण्डर स्पोर्टिङ क्लबद्वारा आयोजित टी-२ ओपन विन्टर च्यालेन्ज कप २०२४ को खिताब क्लाउड एकादशले जितेको छ। जम्मा २९ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्देश्य युवाहरुलाई खेलकूदमा संलग्न गराउनु रहेको थियो। साथै महिलाहरूलाई खेलकूदमा सशक्त बनाएर शारीरिक रूपमा फिट जीवनशैली अप्नाउने सन्देश दिनु थियो। फाइनलमा खेलमा सिक्किम सरकारका वन तथा पर्यावरण विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै जिल्लापाल अनन्त जैन र जिल्ला प्रसासनका वरिष्ठ अधिकारीहरु उपस्थित थिए। फाइनल अघि एक प्रदर्शनी खेल पनि खेलिएको थियो जसमा माङ्गशिला तिबुकलाई हराउँदै मंगन भेटरेन्स विजयी भएको थियो।