ठेङ सुरुङबाट वाहनहरुको ओहोरदोहोर शुरु

IMG-20241218-WA0277

गान्तोक: गत वर्ष ४ अक्टोबरको राती टिस्टा नदीमा आएको विनासकारी बाढ़बाट प्रभावित उत्तर जिल्लाका सड़कहरु पुनर्बहाली गर्ने कार्य लगातार रुपमा भइरहेको छ। लोहनार्क झील फुटेर टिस्टा नदीको जलस्तर बड़ेपछि उत्तर सिक्किम लगायत विशेष टिस्टा नदीको तटीय क्षेत्रहरु व्यापक रूपमा प्रभावित भएका थिए। यसको कारण उत्तर सिक्किमको सीमावर्ती गाउँहरु जोड़ने राज्य राजमार्गलाई प्रभावित पारेको थियो। यही क्रममा बन्द अवस्थामा रहेको ठेङ सुरुङलाई आजदेखि पुनर्बहाल गरिएको छ। उक्त सुरुङबाट चुङथाङतर्फ जाने वाहनहरुको ओहोरदोहोर शुरु भएको छ। आज एक कार्यक्रमबीच सरकारका मन्त्री तथा क्षेत्र विधायक साम्डुप लेप्चाको बाहुलीबाट पुन: खोलिएको थियो। सीमा सड़क संगठन १०७ आरसीसी र जिल्ला प्रशासन प्रतिनिधिहरूको उपस्थितिमा खोलिएको हो। यस अवसरमा चुङथाङ महकुमा अधिकारी, जिल्ला पञ्चायत र वार्ड पञ्चायत प्रतिनिधिहरु र स्थानीय नागरिको सहभागिता थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement