कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा सिनोल्चु फूटबल क्लबले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा बुधवार भएको दोस्रो सेमिफाइनल म्याचमा सिनोल्चु फूटबल क्लबले इलेवेन स्टार असमविरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब २२ दिसम्बरमा खेलिने फाइनलमा दार्जीलिङ पुलिस र सिनोल्चु फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।