विण्टर कप फूटबल टुर्नामेण्टः रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो युनाइटेड फ्रेण्ड्स (सोम्बारिया)

photocollage_2024121822483293

दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा युनाइटेड फ्रेण्ड्स (सोम्बारिया)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा बुधवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा युनाइटेड फ्रेण्ड्स (सोम्बारिया)-ले नर्थ बेंगल आर्म्ड पुलिसविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा युनाइटेड फ्रेण्ड्सबाट अमारा ले ३५औं मिनटमा पेनल्टीबाट गोल गरे। यसरी आर्म्ड पुलिसबाट जमशेद अलीले ६३औं मिनटमा गोल गरे। विजेता टीमका सचिन प्रधानले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement