अफ्रिकी देश कंगोमा डुङ्गा पल्टिदा २५ जनाको मृत्यु भएको छ। मध्य कंगोबाट किंशासा हुँदै उत्तर–पूर्वमा रहेको इनोंगो शहरमा खचाखच भरिएको डुङ्गा नदीमा पल्टिदा भएको दुर्घटनामा बालबालिकासहित २५ जनाको मृत्यु हुभएको साथै अन्य बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अधिकारीहरुका अनुसार डुङ्गामा एक सयभन्दा बढी यात्रुहरु सवार थिए। २५ जनाको शव भेटेको छ भने अरु हराएकाहरुको खोजी जारी रहेका हुनाले मृतकको संख्या अझै बढ्ने पुलिसले जनाएको छ। बढी भारका कारण दुर्घटना भएको अधिकारीहरुको अनुमान छ।