सिक्किमका कथाकार युवा बरालको कथा संग्रह छिचिमिराले जित्यो वर्ष २०२४ को साहित्य अकादमी पुरस्कार

00-1-Yuwa-Baral

गान्तोक: सिक्किमका कथाकार युवा बरालको छिचिमिरा कथा संगहलाई २०२४ को नेपाली भाषाको  साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ। साहित्य अकादमीले जारी गरेको सूचीमा कथाकार बरालको सन् २०१८ मा म्यानुस्क्रिप्ट प्रकाशन गान्तोकले प्रकाशमा ल्याएको कथा किताब पुरस्कारको निम्ति चयन भएको उल्लेख छ।  साहित्य अकादमी पुरस्कार भारतको एक प्रतिष्ठित साहित्यिक सम्मान हो। यसलाई भारतको राष्ट्रिय साहित्यिक संस्था, साहित्य अकादमीले प्रत्येक वर्ष भारतीय संविधानको आठौँ अनुसूचीमा रहेका २२ भाषाहरूका साथै अंग्रेजी र राजस्थानी भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिहरूका लेखकहरूलाई प्रदान गर्ने गर्छ। सन् २०२४ को निम्ति  नेपाली भाषामा सिक्किमका साहित्यकार युवा बरालले उक्त पुरस्कार पाउने भएका छन्। उनको कृति ‘छिचिमिरा’ (कथा सङ्ग्रह)लाई यो पुरस्कार प्रदान गरिने भएको छ।

साहित्य अकादमी पुरस्कारका लागि पुस्तकहरू भाषा विशेषका तीन सदस्यीय जुरीद्वारा पारित प्रक्रियाका आधारमा चयन गरिन्छ। उक्त प्रक्रियाअनुसार, कार्यकारी बोर्डले जुरीहरूद्वारा गरिएका सर्वसम्मत चयनहरू वा बहुमत मतदानबाट चयन गरिएका निर्णयहरूका आधारमा पुरस्कारहरू घोषणा गर्छ। पुरस्कार ८ मार्च २०२५ मा नयाँ दिल्लीमा हुने पुरस्कार वितरण समारोहमा प्रदान गरिनेछ। साहित्यिक नाम युवा बराल अनन्त भनेर चिनिने कथाकार बराल बिरिङ पूर्व सिक्किममा ६ अप्रेल १९७३ मा जन्मिएका हुन्। स्नातकसम्म पढेका बराल सरकारको विद्युत विभागका कर्मचारी हुन्। स्नातकसम्मे पढेका कथाकार बरालले घात प्रतिघातका ऐठनहरू  कविता संग्रह २००३, जिउनी – कथा संग्रह २०१०,गोजिका  लघु कथा संग्रह  २०१७, छिचिमिरा  कथा संग्रह २०१८ कृति प्रकाशित गरिसकेका छन् भने कनका, भानु स्मारिका सम्पादन गरेका छन्।

यस अघि उनले ‘रचना पुस्तक एवं प्रकाशन तथा करुणादेवी धर्मार्थ गुठी’ गान्तोकद्वारा आयोजित “अन्तर्राष्ट्रिय कथा अनुष्ठान”मा आफ्नो कथा  जिउनीलाई  प्रथम पुरस्कार २००५, पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङबाट कथा विद्यामा  “स्रष्टा पुरस्कार”  २००६, सागर प्रकाशन’ ताक्छाङ्ग (पाकिम) पूर्व सिक्किमबाट ‘गाँउले आवाज सागर सम्मान’ पुरस्कार  -२००८, “समय कथा-२” कथा प्रतियोगिता गान्तोकबाट आफ्नो कथा ‘पाइलापछिका पाइलाहरु” लाई प्रथम पुरस्कार– २०१०, जिउनी”  कथा संग्रहलाई गान्तोकबाट ‘डा शोभा कान्ति थेगिम लेप्चा स्मृति’ पुरस्कार   – २०१२,“स्पन्दन नव साहित्य प्रतिभा पुरस्कार” , दुलियाजान असमबाट २०१५,विश्व शान्ति काव्यसेतु सम्मान, लुम्बिनी, नेपाल २०१५, काव्यरत्नश्री पुरस्कार, भारतीय नेपाली साहित्य प्रतिष्ठान, तेजपूर आसामबाट  २०१९, छिचिमिरा  कथा संग्रहलाई  पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङबाट ‘लालमान सञ्चरानी स्मृति पुरस्कार’- २०२१,छिचिमिरा कथा संग्रहलाई तुलसीराम कश्यप स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने– ‘तुलसीराम कश्यप स्मृति पुरस्कार – २०२२, सिद्धार्थ तथागत कला साहित्य संस्थान इटवा सिद्धार्थ नगर उत्तर प्रदेशबाट साहित्य सेवाको निम्ति ‘साहित्य सृजन सम्मान’ -२०२२, साहित्य आसार संस्थान इस्लामपुर पश्चिम बंगालबाट साहित्य सेवाको निम्ति “सृजन साहित्य आसार सम्मान – २०२३ प्रियजनेषु काव्य सम्मान- मालदा पश्चिम बंगाल  २०२४ जस्ता पुरस्कारहरू प्राप्त गरिसकेका छन्। यसका साथै दर्जनौं संघ-संस्थाबाट देश भित्र र विदेशमा  सम्मान प्राप्त गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement