१२औं शहीद गोल्ड कपलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न

photocollage_20241218194830922

खरसाङ: खरसाङमा‌ वार्षिक रुपमा आयोजना गरिने शहीद गोल्ड कपको १२औं संस्करण आगामी १७ जनवरीदेखि हुने भएको छ।‌१२औं शहीद गोल्ड कप विषयमा आज खरसाङ महकुमा खेलकूद संघको सभा सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभामा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा वार्षिक रुपमा आयोजना गरिने शहीद गोल्ड कपको १२औं संस्करण विषयमा चर्चा परिचर्चा गरिएको छ। यसपालीको १२औं शहीद गोल्ड कप आगामी १७ जनवरीदेखि ३० जनवरीसम्ममा आयोजना गरिने भएको छ।‌ १२औं शहीद गोल्ड कपको लागि यसपाली पनि बिजय राईलाई कन्भेनरको रुपमा सर्व सहमतिद्वारा चयन गरिएको छ।‌ उनले १२औं शहीद गोल्ड कपको लागि विभिन्न स्थानहरुका फुटबल क्लबहरुलाई सम्पर्क गर्ने‌ भएको छ। यसपालीको शहीद गोल्ड कपमा बाहिरका टिमहरु लगायत दार्जिलिङ, कालेबुङ, खरसाङ,‌‌ मिरिकमा लिग् च्याम्पियनहरुलाई सोझै प्रवेश दिइने भएको छ। यसको साथै खरसाङबाट यसपाली लिग् च्याम्पियन महानदी र अर्को टिम युकेएफसी खरसाङलाई‌ सोझै प्रवेश दिने भएको जानकारी प्राप्त भएको छ। यसपालीको १२औं शहीद गोल्ड कप विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको तर्फबाट शहीद गोल्ड कपको कन्भेनर बिजय राईले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement