घैयाबारीमा भईरहेको फुटबल टुर्नामेन्टमा सिविटार युनाइटेड दोस्रो चरणमा‌ प्रवेश

photocollage_20241218191130726

खरसाङ: घैयाबारी स्पोटर्स एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा बुधबार भएको खेलमा सिविटार युनाइटेडले अनिकेत सेभेन घैयाबारीलाई पराजित गर्दै दोस्रो चरणमा‌ प्रवेश गरेको छ। गत १० दिसम्बरदेखि शुरु भएको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत पाँचौं दिनको खेल सिविटार युनाइटेड र अनिकेत सेभेन घैयाबारीमाझ सम्पन्न भएको थियो। यस खेलमा निर्धारित समयसम्म पनि दुवै दलबाट कुनै गोल नभएपछि पेनाल्टी सुट आउटमा सिविटार युनाइटेडले ४-२ को अन्तरले खेल जितेर दोस्रो चरणमा‌ प्रवेश गरेको छ। उक्त पेनल्टी शुट आउटमा सिविटार युनाइटेडको गोल किपरले एउटा सेभ गरेको थियो भने अर्को पोष्टमा लागेर रिटर्न भएको थियो।‌ यसरी सिविटार युनाइटेडले‌ पेनल्टी शुट आउटमा ४-२ को अन्तरले खेल जितेर दोस्रो चरणमा‌ प्रवेश गरेको छ।‌ अब अर्को खेल आगामी २१ दिसम्बर शनिवारको दिन एक्का ट्रायल र रोहिणी एफसीमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोटर्स एसोसिएसनको सल्लाहकार दावा वाङ्दी लामाले गत १० दिसम्बरदेखि शुरु भएको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत फाईनल खेल आगामी २६ जनवरीमा सम्पन्न हुने भएको छ। यस टुर्नामेन्टको विजेतालाई ट्रफीससहित नगदराशि डेढ लाख रुपियाँ र उप विजेतालाई आकर्षक ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement