अलिपुरद्वार: जिल्ला अस्पताल रोगी कल्याण संघ (आरकेएस) का अध्यक्ष सुमन कान्जिलालले भने, ‘अलिपुरद्वार जिल्ला अस्पतालको एक्स-रे सेवा अर्को हप्ता पुनः शुरु हुँदैछ।‘ कान्जिलालले बुधबार अलीपुरद्वार जिल्ला अस्पतालमा निष्क्रिय एक्स-रे मशिनको निरीक्षण गरे। अलिपुरद्वार जिल्ला अस्पतालको एक्स-रे मशिन १७ नोभेम्बरदेखि बिग्रिएको छ। त्यसपछि जिल्ला अस्पतालको एक्सरे सेवाबाट धेरै बिरामी बञ्चित भएका छन्। आम नागरिकको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य विभागले छिट्टै सेवा शुरु गर्न पहल गरेको हो। चार लाखको लागतमा जिल्ला अस्पतालको टेष्टिङ मशिन मरम्मतको काम शुरु भएको बताइएको छ।









