तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट: निखिल सेभेन महानदी सजिलै दोस्रो चरणमा‌ प्रवेश

IMG-20241218-WA0245

खरसाङ: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा निखिल सेभेन महानदीले‌ सिमरिङ युनाइटेड एफसीलाई ६-१ को अन्तरले पराजित गर्दै सजिलै दोस्रो चरणमा‌ प्रवेश गरेको छ। आज भएको खेलमा निखिल सेभेन महानदीको पक्षबाट निखिल तामाङ, सोहन लेप्चा, अनिमेश सेवा, लाकपा वाईबा, वाशिप थापा र निखिल छेत्रीले गरेका थिए‌। सिमरिङ युनाइटेड एफसीको तर्फबाट एक मात्र गोल डुप्छेन लामाले गरेका थिए। अब भोलिको म्याच नर्थ बेंगल वारियर्स र जलपाईगुडी पुलिसमाझ सम्पन्न हुने भएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सह कोषाध्यक्ष सुभम प्रधानले आजको खेलमा निखिल सेभेन महानदीले ६-१ को अन्तरले एकतर्फी खेल जितेर सजिलै दोस्रो चरणमा‌ प्रवेश गरेको बताएका छन्‌।

उनले बताए अनुसार तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १२ जनवरीमा हुने भएको छ। यस टुर्नामेन्टको उपाधि जित्ने विजेतालाई आकर्षक ट्रफीसहित नगदराशि दुई लाख रुपियाँ र उप विजेतालाई आकर्षक ट्रफीसहित नगदराशि एक लाख रुपियाँ प्रदान गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement