जलपाईगढी: प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस-२०१२(पीओसीएसओ- पोक्सो)मामिलामा तीन वर्ष भित्र आजीवन कारावासको घोषणा गरिएको छ। बुधवार जलपाईगढी जिल्ला अदालतमा २०२१ मा धुपगढी पुलिस स्टेशनमा दर्ता भएको मुद्दामा ११ साक्षीहरूको गवाही सुनेपछि, न्यायाधीशले आरोपीलाई दोषी पाए र उनलाई आजीवन कारावासको सजाय र ५० हजार रुपियाँ जरिवाना तिर्न आदेश दिए। जरिवाना नतिरेमा थप दुई महिना कारावासको सजाय भोग्नु पर्नेछ। यससँगै अदालतले पीडितलाई चार लाख रुपियाँ क्षतिपूर्ति दिन जिल्ला कानुनी सहायता संगठनलाई आदेश दिएको छ।