उत्तर बंगाल विश्वविद्यालयमा पहिलो पटक कार्निभलको रौनक

IMG-20241218-WA0187

सिलगढी: उत्तर बंगाल विश्वविद्यालयमा पहिलो पटक एनबीयु कार्निभल आयोजना गरिएको छ। यो कार्निभल बुधबार बिहान ११ बजेबाट शुरु भएको। सिलगढी संलग्न उत्तर बंगाल विश्वविद्यालयमा आयोजित एनबीयु कार्निभलमा करिब ८० स्टलहरू राखिएका छन्, यस स्टलमा विश्वविद्यालयका विद्यार्थीहरूले पनि स्टलहरू राखेका छन्।

विद्यार्थीले आफ्नै हातले बनाएका खानेकुराका साथै विभिन्न सामग्री बिक्री गर्ने स्टल राखेका छन्। यसबाहेक सिलगढी र छेउछाउका क्षेत्रका किसानहरूले पनि यहाँ स्टलहरू राखेका छन्। यससँगै छिमेकी राष्ट्र नेपाल र भुटानका स्टलहरू यहाँ राखिएका छन्। कार्निभल विश्वविद्यालयलाई केन्द्रित गरी चारैतिर सजाइएको छ। यसका साथै दिनभर विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement