वर्षाले गर्दा भारत र अष्ट्रेलियाबीच तेस्रो टेस्ट म्याच ड्र

IMG-20241218-WA0192

ब्रिसबेन: भारत र अष्ट्रेलियाबीच वर्षाले गर्दा बारम्बार वाधित तेस्रो टेस्ट म्याच बुधवार ड्र-मा समाप्त भयो। यसले गर्दा ५ वटा टेस्ट म्याचको बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीज १-१-को बराबरीमै रह्यो। म्याचको पाँचौं तथा अन्तिम दिन भारतले ९ विकेटमा २५२ रनदेखि अघि खेल्दै आफ्नो पहिलो ईनिंग्सको स्कोरमा २४ बलमा ८ रन जोड़्यो। त्यसपछि अष्ट्रेलियाले ७ विकेटमा ८९ रनको स्कोरमा आफ्नो दोस्रो ईनिंग्स घोषणा गरी भारतलाई म्याच जित्न २७५ रन बनाउने लक्ष्य दियो। त्यसपछि भारतले लक्ष्यलाई अघि राखेर ब्याटिंग गर्दै कुनै विकेट नगुमाइ ८ रन बनाएको समय फेरि वर्षा शुरु भयो। त्यसपछि म्याचको परिणाम ननिस्किने तय भएपछि दुवै टीमका कप्तान टेस्ट म्याच ड्र गर्न तयार भए। वर्षाले बारम्बार वाधा पुऱ्याएको तेस्रो टेस्ट म्याचमा अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा ट्रेविस हेड (१५२) र स्टीव स्मिथ (१०१)-को शतकको सहायताले ४४५ रन बनाएको थियो। त्यसपछि भारतले २६० रन बनाउँदा अष्ट्रेलियालाई पहिलो ईनिंग्सको आधारमा १८५ रनको बढ़त हासिल भएको थियो। भारतको पहिलो ईनिंग्समा केएल राहुल (८४) र रविन्द्र जडेजा (७७)-ले अर्द्धशतक बनाए। यसरी भारतलाई फलोअन्-को सम्मुखीन हुनदेखि बचाउने आकाश दीपले ३१ र जसप्रीत बुमराहले अविजित १० रनको योगदान दिए। भारतको पहिलो ईनिंग्समा अष्ट्रेलियाई बलरहरूमा प्याट कमिन्सले ४ र मिचेल स्टार्कले ३ विकेट लिए।
बुधवार वर्षाले गर्दा ढिलोगरी खेल शुरु भएपछि भारतको पहिलो ईनिंग्स समाप्त हुन अधिक समय लागेन। त्यसपछि अष्ट्रेलियाले आफ्नो दोस्रो ईनिंग्समा भटाभट विकेट गुमाउन थाल्यो। तेजीको साथ रन बनाउने प्रयासमा अष्ट्रेलियाले एकपछि अर्को गर्दै ७ विकेट गुमायो। बुमराहले उस्मान ख्वाजा (८ रन)-लाई आउट गरेपछि आकाशदीपले नाथन म्याकस्वीनी (४) र मिचेल मार्श (२)-को विकेट लिए। ट्रेविस हेड १७, मार्नस लाबुशेन १ र स्टीव स्मिथ ४ रन बनाएर आउट भए। कप्तान प्याट कमिन्सले १० बलमा २२ रन बनाए। एलेक्स केरी २० र मिचेल स्टार्क २ रनमा अविजित रहे। यसरी अष्ट्रेलियाले ७ विकेटमा ८९ रन बनाएर आफ्नो दोस्रो ईनिंग्स घोषणा गऱ्यो। भारतीय बलरहरूमा बुमराहले सर्वाधिक ३ विकेट लिए। यसबाहेक आकाश दीप र मोहम्मद सिराजले २-२ विकेट लिए। त्यसपछि भारतले कुनै विकेट नगुमाइ आफ्नो दोस्रो ईनिंग्समा ८ रन बनायो। यशस्वी जयसवाल र केएल राहुलले अविजित ४-४ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement