सिलगढी: सिलगढीको वार्ड नम्बर ३६ शान्तिनगरका रजत पोद्दार नाम गरेका व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन्। लटरी नपरेपछि उनले आत्महत्या गरेको अनुमान गरिएको छ। रजत आफ्नो जेठो दाजु निलाद्री पोद्दार र आमासँग शान्तिनगरमा बस्थे। लटरीको टिकट किनेका २७ वर्षीय रजत पोद्दारले गए राति घरमा झुण्डिएर आत्महत्या गरेको समाचार छ। दैनिकजस्तै हिजो पनि उनी नशा रहेको पारिवारिक स्रोतले जनाएको छ। उनले लटरीको नम्बर मिलाएर एक नम्बरका कारण पहिलो पुरस्कार नपाएको थाहा पाए। सायद यही दु:खका कारण र नशामा रहेको हुँदा उनले यस्तो कार्य गरेको हुनसक्छ भन्ने अनुमान गरिएको छ।