जीटीएको प्रमुख कार्यपाल‌ अनित थापाको बाहुलीबाट प्रेस क्लब अफ् खरसाङको नयाँ कार्यालय उदघाटन

IMG-20241218-WA0184

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट आज खरसाङमा प्रेस क्लब अफ् खरसाङको कार्यालय उदघाटन गरिएको छ। खरसाङको मोटर स्ट्याण्ड नजिक क्लर्क टावरको दोस्रो तलामा प्रेस क्लब अफ् खरसाङको नयाँ कार्यालय उदघाटन गरिएको छ। पण्डितले मन्त्रोच्चारण गरेपछि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले रिबन काटेर उक्त कार्यालयको उदघाटन गरिएको छ‌। यस अवसरमा प्रेस क्लब अफ् खरसाङको सभापति वरिष्ट पत्रकार मुरारीलाल पञ्चम, उप सभापति राजेन तामाङले धुप दीप प्रज्ज्वलन गरी पूजा अर्चना गरेका थिए। अब उक्त कार्यालयमा‌ नै पत्रकार सम्मेलन आयोजना गरिने भएको छ। प्रेस क्लब अफ् खरसाङको कार्यालय उदघाटन गरेपछि जीटीएको प्रमुख कार्यपाल‌ अनित थापाले खरसाङमा‌ सानो भए‌ पनि पत्रकारहरुको कार्यालय उदघाटन गरिएकोमा‌ खरसाङका‌ पत्रकारहरुलाई शुभकामना दिएका छन्। उनले‌ पत्रकारहरुको राम्रो भएर जायोस् भन्दै राम्रो पत्रकारिता गरिदिने आह्वान् गरेका छन्। जीटीए प्रमुख कार्यपाल‌ अनित थापाले सभ्य समाज निर्माणमा पत्रकारहरुको योगदान छ भन्दै पहाडमा सकरात्मक पत्रकारिता गरिदिने आह्वान् गर्दै धेरै धेरै शुभकामना दिएका छन्।‌ यसै क्रममा प्रेस क्लब अफ् खरसाङको पक्षबाट सभापति एंव वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमले जीटीएको प्रमुख कार्यपाल‌ अनित थापा लगायत उपस्थित सबै पत्रकारहरुलाई धन्यवाद दिएका छन्। उनले अबदेखि प्रेस क्लब अफ् खरसाङको कार्यालयमा‌ सम्पूर्ण प्रेस कन्फेरेन्श गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement