अलिपुरद्वारमा गोली लगेर महिलाको मृत्यु, एक विद्यार्थी घाइते

Screenshot_20241218_125224_WhatsApp


अलिपुरद्वार:
अलिपुरद्वारमा गोली चलाएको घटना अघि आएको छl यस घटनामा एक महिलाको मृत्यु भएको छ। उता, आरोपी व्यक्तिलाई पनि मानिसहरुले कुटपिट गर्दा मृत्यु भएको समाचार छ। प्रत्यक्षदर्शीका अनुसार, अलिपुरद्वारमा एक युवकले खुलेआम दुई राउण्ड गोली चलाए। गोली लागेर एक वृद्धा महिलाको मृत्यु भएको छ भने कक्षा ९ का एक विद्यार्थी घाइते भएका छन्। मंगलबार राति शहरको वार्ड नम्बर १० विसागिनपल्ली क्षेत्रस्थित समाजपाडामा मोटरसाइकलमा आएका तीन मध्ये एकजनाले कौशल्या महत नामकी वृद्धालाई गोली हानी हत्या गरेको आरोप छ। महिलाको घटनास्थलमै मृत्यु भयो। स्थानीयले आरोपीलाई पक्रन खोज्दा उनी त्यहाँबाट भागेर इटखोला क्षेत्रमा गएका थिए।

भीडको आक्रोशबाट बच्न उक्त व्यक्तिले फेरि एकपटक गोली चलाएको बताइएको छ, सोही गोली लागेर विश्वरवि दास नामका १५ वर्षीय विद्यार्थी घाइते भएका छन्। यसपछि अभियुक्त भाग्न खोज्दा त्यहाँका मानिसहरूले उनलाई समातेर कुटपिट गरे। आरोपीलाई गम्भीर अवस्थामा अलीपुरद्वार जिल्ला अस्पतालमा भर्ना गरियो। घटनाको जानकारी पाउनासा थ ठूलो संख्यामा पुलिस पनि जिल्ला अस्पताल इलाकामा पुगेको बताइएको छl स्रोतका अनुसार गोली चलाउने व्यक्तिको राति नै मृत्यु भयो। अचानक गोली चलाउनुको कारण भने खुल्न सकेको छैन। बुधबार बिहानैदेखि स्थिति शान्त भएको र त्यस क्षेत्रमा पुलिसले निगरानी गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement