दिग्गज स्पिनर रविचन्द्रन अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा

IMG-20241218-WA0146

ब्रिसबेन: भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विनले तत्काल प्रभावको साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए। अष्ट्रेलियाविरुद्ध बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजअन्तर्गत ब्रिसबेनमा आज तेस्रो टेस्ट म्याच ड्र भएको लगत्तै पछि अश्विनले पत्रकार सम्मेलनमा सन्न्यासको घोषणा गरे। उनी बिहीवार भारत फर्किनेछन्। अश्विनले भने, भारतको निम्ति अन्तर्राष्ट्रिय क्रिकेटमा सबै प्रारूपमा यो मेरो अन्तिम दिन हो। मेरो विचारमा मभित्र अहिले पनि केही जोश बाँचेको छ अनि त्यसलाई म सम्भवत क्लब क्रिकेटमा देखाउन चाहन्छु तर यो मेरो अन्तिम दिन (भारतीय टीमको निम्ति) हो। दाहिने हातका स्पिन अलराउण्डर अश्विनले भने, मैरे धेरै मजा गरे। मैले रोहित (शर्मा) अनि अन्य साथी खेलाड़ीहरूसँग धेरै यादहरू बनाए, जसमा गत केही सालमा धेरैलाई हामीले गुमायौं (सन्न्यासले गर्दा)। हामी ओजीस-को अन्तिम समूह हौं अनि यति म भन्न सक्छु। म यस स्तरमा खेल्नुलाई आफ्नो तारिखको रूपमा चिन्हित गर्नेछु। अहिले म निश्चित रूपले धेरैजनालाई धन्यवाद दिन चाहन्छु तर बीसीसीआई र आफ्ना साथी खेलाड़ीहरूलाई धन्यवाद नदिए म आफ्नो कर्तव्यमा विफल हुनेछु। मेरो यात्रामा साथ दिने सबै प्रशिक्षकहरूका साथमा विशेष रूपले रोहित, विराट (कोहली), अजिंक्य (रहाणे) र (चेतेश्वर) पुजारालाई धन्यवाद दिन चाहन्छु, जसले ब्याटको वरिपरि असंख्य क्याच लिएर मलाई विकेट दिलाउनमा सहायता गरे।
अश्विनले आफ्नो टेस्ट करियरको अन्त भारतको निम्ति यस प्रारूपमा दोस्रो सर्वाधिक विकेट लिने बलरको रूपमा गरे। उनले १०६ वटा टेस्ट म्याचमा २४-को औसतले ५३७ विकेट लिए। पूर्व महान स्पिनर अनिल कुम्बलेले १३२ वटा टेस्ट म्याचमा ६१९ विकेट लिएका थिए। अश्विनले टेस्टमा ८ पल्ट म्याचमा १० विकेट अनि ३७ पल्ट ईनिंग्समा ५ विकेट लिएका छन्। अश्विनले अष्ट्रेलियाविरुद्ध जारी सीरीजमा दोस्रो डे-नाइट टेस्ट म्याच खेलेका थिए, जसमा उनले ५३ रन खर्च गरी १ विकेट हासिल गरेका थिए। यसरी न्यूजील्याण्डविरुद्ध गत होम सीरीजमा उनले ९ विकेट लिएका थिए। टेस्ट क्रिकेटमा अश्विन आफ्नो बलिंग क्षमताको साथ ब्याटको साथ पनि उपयोगी थिए। उनले टेस्ट क्रिकेटमा ६ वटा शतक र १४ वटा अर्द्धशतकको साथ ३५०५ रन बनाएका छन्। उनको सर्वोच्च स्कोर १२४ रन रह्यो। यसरी उनी टेस्टमा ३०० भन्दा अधिक विकेट लिने अनि ३००० भन्दा अधिक रन बनाउने विश्वका ११ जना अलराउण्डरहरूमा एक हुन्। यसरी उनले मुथैया मुरलीधरणको बराबर ११ पल्ट प्लेयर अव् द सीरीज पुरस्कार पनि जितेका छन्। अश्विनले टेस्टबाहेक ११६ वटा वनडे म्याचमा १५६ विकेट लिनको साथै ७०७ रन पनि बनाए। यसरी ६५ वटा टी२० इण्टरनेशनल म्याचमा अश्विनले ७२ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement