११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्ट २२ दिसम्बरदेखि शुरु हुने

IMG-20241218-WA0137

सिलगढी: मधुर मिलन संघ, मिलन मोड़को आयोजनमा हुने ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको आधिकारिक शेड्यूल जारी बुधवार जारी गरियो। संस्थाको निजी भवनमा भएको प्रेस कन्फ्रेन्समा टुर्नामेण्टका डोनरहरूका विशेष उपस्थितिमा अधिकारिक शेड्यूल जारी गरियो। आयोजन समितिका सचिव बद्रीप्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रममा आउँदो २२ दिसम्बरदेखि स्थानीय खेल मैदानमा शुरु हुने टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिने जानकारी दिइयो। यसमा उत्तर बंगालका शीर्ष टीमहरूका साथमा कलकत्ता र नेपालको अग्रणी टीमहरूले पनि हिस्सा लिनेछ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। यसरी दुईवटा सेमिफाइनल ८ र ९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आज प्रेस कन्फ्रेन्समा संस्थाको मूल सचिव गोपाल छेत्री, अध्यक्ष ईश्वर गजमेर, आयोजन समितिका अध्यक्ष राजेन भण्डारी, सल्लाहकार समितिका सदस्य गोपी छेत्री, डोनर बासुबि अधिकारी र रुपन सिंह खेरवारको साथमा संस्थाका अन्यान्य पदाधिकारी वर्गको विशेष उपस्थिति रहेको थियो। सीनियर वर्गको टुर्नामेण्टको साथमा अण्डर-१४ आयु वर्गको टुर्नामेण्ट पनि आयोजन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement