दक्षिण अफ्रिकाविरुद्ध पहिलो वनडे म्याचमा पाकिस्तानको रोमाञ्चक जीत

IMG-20241218-WA0100

पर्ल: पाकिस्तानले पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा आयोजक दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गऱ्यो। यस जीतको साथै पाकिस्तानले ३ वटा वनडे म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। बोलाण्ड पार्कमा टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनायो। जवाफमा पाकिस्तानले खराब शुरुवातपछि असल क्रिकेट खेल्दै सईम अयूबको शतकको सहायताले ४९.३ ओभरमा ७ विकेटमा २४२ रन बनाएर म्याच जित्यो। अयूबले ११९ बलमा १०९ रन बनाए। यसमा १० वटा चौका र ३ वटा छक्का सामेल छ। म्याचमा पहिला ब्याटिंग गर्ने दक्षिण अफ्रिकालाई टोनी डी जोर्जी (३३ रन) र ऱ्यान रिकेलटन (३६ रन)-को ओपनिंग जोड़ीले असल शुरुवात दिलायो। यी दुईजनाले ९.५ ओभरमा ७० रनको पार्टनरशीप गरे। स्पिनर सलमान आघाले यी दुवैलाई आउट गरेपछि चाहिँ पाकिस्तान म्याचमा फर्कियो। त्यसपछि थप केही विकेटको पतन हुँदा एक समय दक्षिण अफ्रिकाको स्कोर ४ विकेटमा ८८ रन भएको थियो। त्यहाँबाट कप्तान ऐडन मार्करम र हेनरिक क्लासेनले असल ब्याटिंग गर्दै पाँचौं विकेटको निम्ति ७३ रनको पार्टनरशीप गरे। मार्करम ३५ रन बनाएर आउट भए। त्यहाँबाट क्लासेनले लगातार रन बनाए पनि अन्य कसै लगातार अन्तरालमा आउट भए। यसैकारण दक्षिण अफ्रिकाले २३९ रन मात्र बनाउन सक्यो। क्लासेनले ९७ बल खेलेर ७ वटा चौका र २ वटा छक्काको साथ सर्वाधिक ८६ रन बनाए। पाकिस्तानका बलरहरूमा सलमान आघाले सर्वाधिक ४ विकेट लिए। जवाफमा पाकिस्तानको पनि शुरुवात खराब रह्यो। सईम अयूबले लगातार रन बनाए पनि शीर्ष क्रममा सबैजना सस्तैमा आउट भए। यसरी एक समय त स्कोर ४ विकेटमा ६० रन रहेको थियो। त्यहाँबाट अयूब र सलमान आघाले पाँचौं विकेटको निम्ति १४१ रनको पार्टनरशीप गरी पाकिस्तानलाई जीतको नजिक पुऱ्याए। अयूब आउट भएपछि दक्षिण अफ्रिकी बलरहरूले केही विकेटको साथ प्रयास गरे पनि सलमान आघाले अन्तसम्म लड़ाइँ गरेर टीमलाई जीत दिलाए। सलमानले ९० बलमा अविजित ८२ रन बनाए। उनले ४ वटा चौका र २ वटा छक्का लगाए। दक्षिण अफ्रिकी बलरहरूमा कगिसो रबाडा र ओटनील बार्टम्यानले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement