काठमाण्डू: जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेल गुमाउने भएका छन्। अनिलको हातमा चोट लागेको छ। अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन्।
उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ।
जनकपुरका प्रशिक्षक पुबुदु दशानायकेले अनिलले अब एनपीएलको बाँकी खेलको दौरान खेलमा सहभागी बन्न नसक्ने जानकारी दिए।