काठमाण्डूमा नेपाली पत्रकारका लागि चिनियाँ भाषा कक्षा शुरु

IMG-20241218-WA0111

काठमाण्डू: काठमाण्डू विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युट र नेपाल चाइना मिडिया फोरमको आयोजनामा बालकुमारी ललितपुरमा नेपाली पत्रकारका लागि चिनियाँ भाषा कक्षा शुरु भएको छ।
सन् २०१९ मा कक्षा सञ्चालनका समय कोरोना महामारी चलेर बन्द भएको सो कक्षा पुनः तीन महिनाका लागि शुरु भएको हो। कक्षामा विभिन्न मिडियामा कार्यरत तथा स्वतन्त्र गरी ४० सञ्चारकर्मी सहभागी छन्।
इन्स्टिच्युटमा आयोजित समारोहमा काठमाण्डू विश्वविद्यालयका प्रवक्ता डा. उद्धव प्याकुर्याल, इन्स्टिच्युटका निर्देशक लि स्वाङछुङ, शिक्षिका चाङ होङ वेई र संयोजक छिउ क्वाङमिन (कृष्ण) ले १८ वर्षअघि स्थापित इन्स्टिच्युटले हालसम्म करिब १०० चिनियाँ भाषा प्रशिक्षक तयार गरेको जनाउँदै छिमेकी मित्रराष्ट्र चीनलाई उनीहरूकै भाषामा बुझ्न चिनियाँ भाषा आवश्यक भएको बताए। सो विश्वविद्यालयमा अध्ययनका लागि अमेरिकी,फ्रेन्च र चिनियाँहरू पनि आउने गरेका छन्।
मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले कोरोनापछि अनलाइन कक्षा शुरु गरिए पनि पुनः प्रत्यक्ष रूपमा नै चिनियाँ भाषा शुरु गरिएको बताउँदै नेपालमा करिब ५० जना चिनियाँ भाषा शिक्षक बर्सेनि आउने गरेको जानकारी दिए। उनले भने, “चिनियाँ भाषा सिकी पर्यटकलाई पथप्रदर्शन गर्न सकिन्छ। यसमा अब्बल बनी पिएचडी पनि गर्न सकिन्छ।”
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा स्वयंसेवी चिनियाँ भाषा शिक्षकबारे पनि सम्झौता भएको छ। हाल पत्रकारका लागि सञ्चालित कक्षा एचएसके ३ सम्म र आवश्यक परे ६ महिना तथा चीनमा पनि लगेर पढाउन सकिने जनाइएको छ। हाललाई यो कक्षा प्रत्येक मङ्गलवार, बिहिवार र शुक्रवार सन्चालन हुने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement