राजविराजमा रात्रिकालीन उडान प्रारम्भ

IMG-20241218-WA0109

राजबिराज: सोमबारदेखि राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ। यो सँगै देशका १० वटा आन्तरिक विमानस्थलमा अब रात्रिकालीन उडान सम्भव भएका छन्। सोमबार काठमामाण्डूबाट दिउँसो गएको बुद्ध एयरको एटीआर-७२ विमानले राजविराज विमानस्थलबाट साँझ ८:२० बजे काठमाण्डूका लागि उडान भरेको छ।
राजविराज विमानस्थलका प्रमुख ध्रुवराज श्रेष्ठका अनुसार रात्रिकालीन उडानका लागि यात्रुसहितको बुद्ध एयरको जहाज सोमबार साँझ सवा ५ बजे राजविराज विमानस्थलमा अवतरण भएको थियो। मन्त्री पाण्डेको उपस्थितिमा औपचारिक कार्यक्रम गरेर ६ बजेर ३० मिनेटमा बुद्धको जहाज रात्रीकालीन उडान गर्ने समय तालिका रहेको थियो। मन्त्री पाण्डे समयमा नआएपछि तोकिएको समय तालिका परिवर्तन गरिएको थियो।
यसअघि न्यूनतम ५ हजार मिटर भिजिबिलिटीमा मात्रै राजविराज विमानस्थलमा उडान हुने गर्थ्यो। नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रि उडानका लागि धावनमार्गमा जहाजलाई दिशानिर्देश गर्ने ‘लाइट सिस्टम’ जडान गरेपछि अब न्यूनतम २ हजार मिटर भिजिबिलिटीमा पनि दिउँसो वा राति उडान सम्भव हुने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भरतपुरबाहेक तराईका सबै विमानस्थल रात्रीकालीन उडान अवतरण गर्ने अवस्थामा रहेको बताउँदै केही दिनभित्रै सुर्खेत विमानस्थललाई पनि रात्रीकालीन उडानका लागि योग्य बनाइने बताए।
पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थलको स्तरोन्नतिसँगै सप्तरीका धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूमा पर्यटकीय चहलपहल बढ्ने बताए। कार्यक्रममा जनमत पार्टीका अध्यक्ष एवं सप्तरी-२ का सांसद सीके राउत र सप्तरी-३ का सांसद दिनेश यादव, पूर्वपर्यटनमन्त्री एवं कांग्रेस नेता जितेन्द्रनारायण देव, एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेललगायतका वक्ताहरूले राजविराज विमानस्थलबाट रात्रीकालीन उडान भए यसक्षेत्रको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताउछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement