विण्टर कप फूटबल टुर्नामेण्टः वाई. वाई. पाँचथर सजिलै सेमिफाइनलमा

IMG-20241217-WA0283

दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा वाई. वाई. पाँचथरले सजिलै सेमिफाइनलमा स्थान बनायो। नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा मंगलवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा नेपालको वाई.वाई. पाँचथरले सिलगढ़ी युनाइटेड फूटबल क्लबविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट सुगम खाजुमले २२औं र ६८औं मिनटमा २ गोल गरे। यसबाहेक पेमा तामाङले २४औं र हरि आले मंगरले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। यसरी सिलगढ़ी युनाइटेडबाट लाक्पा तामाङले चौथो मिनटमा गोल गरे। विजेता टीमका सुगम खाजुमले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement