कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा मंगलवार भएको पहिलो सेमिफाइनल म्याचमा दार्जीलिङ पुलिसले डीएलडीपी सिक्किमविरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा दार्जीलिङ पुलिसबाट दिवस तामाङ र रुड गुलिटले गोल गरे। यसरी डीएलडीपी सिक्किमबाट ओशहान राई र राजेश शाहले गोल गरे। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।