गान्तोक: सिक्किमका लोकायुक्त अध्यक्ष न्यायमूर्ति (सेवानिवृत्त) एपी सुब्बा लगायत सदस्य (न्यायिक) टाशी वाङ्गदी भोटिया, सदस्य (प्रशासनिक) केपी अधिकारी, सचिव किन्चो डोमा लेप्चा र अन्य अधिकारीहरूले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा भेट गरे।
यस भेट अवधि अध्यक्ष न्यायमूर्ति सुब्बाले २०२३-२४को दशौं वार्षिक प्रतिवेदन ‘द टेन्थ इन्स्टीट्यूशन अफ् लोकायुक्त’ राज्यपाललाई प्रदान गरे। उनले लोकायुक्तका विभिन्न गतिविधिहरू र कामकाजको बारेमा पनि राज्यपाललाई जानकारी गराए।
राज्यपाल माथुरले सुशासनमा इमान्दारिता कायम गर्ने प्रतिबद्धताको सराहना गर्दै लोकायुक्तका जारी कार्यहरू र भविष्यका प्रयासहरूका लागि शुभकामना व्यक्त गरे।