एसकेएम शीर्ष नेतृत्व टोलीको रोलु कार्यक्रम स्थलको निरीक्षण

IMG-20241217-WA0267

गान्तोक: सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको आगामी १६औ रोलु दिवस समारोहलाई भव्यताका साथ सम्पन्न गराउऩे तयारीतीब्र बनेको छ। कार्यक्रमलाई सफल बनाउन पार्टी कार्यकर्ताहरू यतिबेला सक्रियरुपरमा लागिपरेका छन्। रोलु दिवसलाई सफल पार्न पार्टी कार्यकर्ताहरू विशेष गरेर मल्ली निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ता, सालघारी जूम निर्वाचन क्षेत्रलगायत अन्य विभिन्न समष्टिका पार्टी कार्यकर्ताहरू, पार्टीका शीर्ष नेतृत्वहरु सक्रिय रुपमा खटिरहेका छन्। हिजो पार्टीका सेक्रेटरी जेनरल अरूण उप्रेतीले कार्यक्करम स्थलको भ्रमण गरेर एक उच्चस्तरीय बैठक डाकेका थिए। यसबीच आज पनि मुख्यमन्त्रीका राजनैतिक सचिव विकास बस्नेत, मल्ली निर्वाचन क्षेत्रका विधायक तथा समारोह समितिका प्रमुख संरक्षक एनबी प्रधान, समारोह समितिका उपाध्यक्ष तथा जूम सालघारी क्षेत्रका विधायक मदन सिन्चुरी लगायत अन्य पार्टी पदाधिकारीहरूले स्थलगत भ्रमण गरि विस्तृत रुपमा जायजा लिएका छन्। यसबीच आज जङगु निर्वाचन क्षेत्रका विधायक तथा वन विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चाले पनि रोलु पुगेर तयारीकार्यको जायजा लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement