सरमसामा बहाई पारिवारिक सम्मेलनको आयोजना

IMG-20241217-WA0268

गान्तोक: क्षेत्रीय बहाई परिषद सिक्किम दार्जिलिङद्वारा बहाई स्कुल तादोङ अनि सरम्सा तथा स्थानीय आध्यात्मिक सभा सरम्साको सहकार्यमा बहाई पारिवरिक सम्मेलनको सफल आयोजना गरियो। ऊक्त कार्यक्रम एकता, प्रेम र सेवाको एक हृदयस्पर्शी उत्सव थियो जसले सिक्किमका विभिन्न भागहरु, गान्तोक , रानीपुल, सिङताम, जोरथाङ, किटगोलाई, पाक्योङ, पाण्डाम, लिन्के, पोकलोक काम्राङ्, नामथाङ र रुमतेक लगायातका लगभग ३०० बहाईहरुलाई एकसाथ ल्यायो। भेलाले शान्ति र मानवजातिको एकतालाई बढावा दिन बहाई समुदायको प्रतिबध्द्तालाई जोड दियो।
कार्यक्रम आध्यात्मिक भक्तीभवालाई उत्थान गर्ने प्रार्थनाको साथ शुरु भयो, त्यसपछि बहाईहरुका सर्वोच्च सस्था विश्व न्याय मन्दिर द्वारा प्रसारित रुदवान रिद्वान पत्र २०२४ को अध्यनले कार्यक्रमको लयलाई स्थापित गर्ने काम गर्यो। त्यसपछि सहभागीहरूले वरिष्ठ तथा पाको बहाई साथीहरू बाट धर्मको सेवाको मार्गमा वहाहरुले आर्जन गरेका उत्साहबर्धक अनुभवहरु, प्रेरणादायी कथाहरु अनि अन्तर्दृष्टीहरु सुन्ने सुअवसर पाएका थिए।वक्ताहरू मध्ये एक उल्लेखनीय ९३ वर्षीय बहाई थिए जसका शब्दहरूले श्रोताहरूलाई गहिरो रूपमा प्रभावित तुल्यायो। कार्यक्रमको विशेष रूपमा मन छुने खण्ड १९५०, ६०, ७०, ८० र ९० को दशकमा सिक्किममा आस्थाको प्रवर्द्धन गर्न आफ्नो जीवन समर्पण गरेका बहाईहरूका नामहरु उच्चारण गरियो अनि दिवगंतहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरियो।
सम्मेलनमा जीवन्तता थप्दै, सिक्किमका विभिन्न समुदायका बहाई साथीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुतिले एकताको भावनालाई सुदृढ गर्दै सहभागीहरूको विविध प्रतिभा देखाएको थियो। साथै, बालबालिका र कनिष्ठ युवाहरूका लागि छुट्टाछुट्टै कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
कन्टिनेन्टल बोर्ड अफ काउन्सेलर अफ एसियाका सदस्य श्री यमप्रसाद आचार्यको उत्साहजनक र अन्तरदृष्टिपूर्ण शब्दहरू कार्यक्रमको मुख्य आकर्षणहरू थिए। उनले बहाई धर्मको इतिहासमा सिक्किमको विशेष स्थानलाई प्रतिबिम्बित गर्दै, बहाई धर्मका प्रमुख व्यक्तित्व रुहिया खानुमको १९६७ मा सिक्किमको तत्कालीन राजालाई भेट्दा गरेको भ्रमणको स्मरण गर्दै, काउन्सिलर आचार्यले नववर्षीय योजनाको महत्व र सन १९५३ मा शोघी एफेन्दीले घोषणा गरेको दश वर्षे धर्मयुद्धसँगको सम्बन्धको बारेमा प्रष्टतापूर्वक कुरा गर्नुभयो, जुन अवधिमा विश्वभरका २५५ विश्वासीहरू विश्वका विभिन्न भागहरूमा आस्थाको सेवा गर्न उठेका थिए। उनले आस्थाको सेवा गर्न र एकता र प्रेमको प्रवर्द्धनमा योगदान पुर्याउन उमेरका बाधाहरू छैनन भन्ने कुरामा जोड दिँदै उनले बहाईहरूलाई आफूलाई बहाउल्लाहका शूरवीरहरूको रूपमा हेर्न प्रोत्साहित गरे।
“सेवा हाम्रो जीवनको केन्द्रमा हुनुपर्छ; यो एक स्मरणीय क्षण मात्र नभई निरन्तर प्रतिबद्धता हुनुपर्छ,” उनले भने। अब्दुल-बहाका लेखहरूबाट प्रेरणा लिएर, काउन्सिलर आचार्यले सम्मेलनमा उपस्थित बहाई साथीहरूलाई अब्दुल-बाहाका शब्दहरू सम्झाउनुभयोः “ओहो, म पैदल यात्रा गर्न सकूँ, गरिबीमा पनि , यी क्षेत्रहरूमा र शहरहरूमा “या बहाउल-आभा ” को नामोच्चारण गर्दै, गाउँ, पहाड, मरुभूमि र महासागरहरू, ईश्वरीय शिक्षाको प्रचार गर्दै! यो, अफसोस, म गर्न सक्दिन। म यसको निम्ति कति धेर खेद प्रकट गर्दछु! कृपया भगवान, तपाईं यसलाई प्राप्त गर्न सक्नुहुन्छ।” उनले बहाईहरूलाई आफ्नो जीवनमा निःस्वार्थ सेवा र समर्पणको भावनालाई मूर्त रूप दिन आग्रह गरे। बहाई परिवारिक सम्मेलनले सिक्किममा बहाई धर्मको समृद्ध इतिहास र योगदानलाई मात्र होइन, समुदायको एकता, शान्ति र सेवाको साझा दृष्टिकोणलाई पनि बलियो बनायो। यो एउटा अविस्मरणीय घटना थियो जसले बहाईहरूलाई बहाउल्लाहका शिक्षाहरूलाई अगाडि बढाउन र एक सुमधुर र एकताबद्ध संसारको निर्माण जारी राख्न प्रेरित गरायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement