गान्तोक: सोरेङ जिल्ला अन्तर्गत रिन्चेनपोङ समष्टिको सुल्डुङ काम्लिङ खेल मैदानमा आज राज्य स्तरीय बाराहीमीजोङ पर्व भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुखयमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने साथमा उनकी धर्मपत्नी कृष्ण राई पनि सामेल रहेकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले मगर जातिको पारम्परिक पर्व बाराहिमिजोङको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै विश्वभरि छरिएर बसेका मगर जातिहरूको पारम्परिक चाड बाराहिमिजोङ पूर्व समारोह आज आयोजना गरिएको बताए। वास्तवमा यो पर्व आगामी २० दिसम्बरको दिन यो पर्व रहेता पनि आजकै दिन पालन गर्नुपर्ने कारणबारे स्पष्ट पारे। उक्त दिन सबैले आफ्नै घरमा बसेर पारम्परिक प्रकारले मनाउनुपर्छ भन्दै प्रत्येक जातिको पर्वहरूलाई सरकारको सहयोगमा अघि नै पालन गर्न शुरूवात गरिएको जनाए। युवावर्गलाई आफ्नो परम्परा र पर्वहरूबारे बुझाउन यो पर्व यसरी राज्यस्तरीय रूपमा पालन गरिएको जनाउँदै आफू विधायक रहँदाको समय बाराहिमिजोङ पर्व यसै सुल्डुङ काम्लिङ मैदानमा मनाउन शुरू गरिएको पनि अवगत गराए। विश्वभरि छरिएर बसेका मगर समुदायलाई सम्मान जनाउन आफू यो कार्यक्रममा उपस्थित बनेको उल्लेख गर्दै मुख्यमन्त्रीले आफू मनभित्रैबाट यो कार्यक्रममा सहभागी बनेको मन्त्व्य व्यक्त गरे। यो क्षेत्रसित आफ्नो आत्मियता रहेको उल्लेख गर्दै सुल्डुङ कामलिङको विकास हुनुपर्नेंमा जोर दिए। मगर समुदायका बुद्विजिवी व्यक्तित्वहरूलाई आफूले ठेल्ने काम गरेको बताउँदै आज सबै जातिका बुद्विजिवीहरूलाई अघि बढ्न प्रोत्साहित गर्दै आएको अवगत गराए। सबै जातिले स्वतन्त्र रूपले बोल्न पाउनुपर्छ भन्दै वर्तमान सरकारले सबै जात जातिलाई पूर्णरूपमा स्वतन्त्रता प्रदान गरेको किटान गरे। आज सिक्किममा साम्प्रदायिक सद्वभावना कायम रहेको उल्लेख गरे, तर पूर्व सरकारले विभाजन गरेर शासन चलाउने गरेको आरोप लगाए। सबै जाति समुदायलाई आ-आफ्नो पर्वमा आफ्नो पोषाक, भेषभुषा लगाउन आवहान गर्दै मुख्यमन्त्रीले आफ्नो जातीय परम्परा र संस्कृतिलाई भुल्न नहुने बताए। एसकेएम सरकारले विभिन्न क्षेत्रमा एक्सपोजर दिने कार्य गरेको जानकारी गराउँदै जसबाट केही सिक्न सकुन् भन्दै सरकार हरसम्भव आवश्क्तामा सहयोग गर्न तयार रहेको मन्त्व्य प्रकट गरे। सोरेङ जिल्लाको मगरजुङ मङसारीमा मगर जातिको धरोहर निर्माण भईरहेको बताउँदै सुल्डुङमा मगर जातिको पारम्परिक घर निर्माण गर्न आवहान गर्दै यस वरिपरिका घरहरू पनि होम स्टे पाराम्पारिक ढाँचामा निर्माण गर्नुपर्ने सुझाव दिए। मगरजातिहरूको गाउँलाई पर्यटक स्थल बनाउने पनि मुख्यमन्त्री तामाङले घोषणा गरे। सुल्डुङ गाउँलाई मगर भिलेज बनाउने घोषणा गर्दै मगर जातिहरूको हित र कल्याणमा सरकारले सबै पहल गरिरहेको अवगत गराए। स्वास्थ्यको क्षेत्रमा सरकारले गरिरहेका विविध महत्वपुर्ण कार्य र पहलहरूको पनि मुख्यमन्त्रीले उल्लेख गरे। मगर संघद्वारा राखिएका विविध मागहरूलाई लिएर सरकारले पहल गर्ने मुख्यमन्त्रीले आश्वासन दिए। जोरथाङ माघे मेलालाई नागाल्याण्डको हर्नबिल समारोह जस्तै भव्यताका साथ मनाउने आवहान गर्दै सबैलाई सो मेलामा उपस्थित भईदिन पनि मुख्यमन्त्रीले अपील गरे। सबै समुदायलाई आफ्नो पर्वमा आउँदा पारम्पारिक पहिरनमा आईदिन पनि मुख्यमन्त्रीले आवहान गरे।










