गान्तोक: गत १० दिसम्बरदेखि पाकिम जिल्ला अन्तर्गत रिनाक निर्वाचन क्षेत्रको आरिगाउँमा आयोजित ६ दिवसीय प्रशिक्षण कार्यक्रमको हिजो सफलतापूर्वक समापन भयो। विशेष गरेर ग्रामीण युवाहरूलाई क्षमतावान बनाउने उद्देश्यले शुरू गरिएको यस प्रशिक्षण कार्यक्रम अन्तर्गत मौरी पालनमाथि स्थानीयहरूलाई प्रशिक्षण प्रदान गरियो। कार्यक्रममा खेम कुमार छेत्री स्रोतवक्ताकोरूपमा उपस्थित रहेका थिए भने रिनाकका खण्ड विकास अधिकारी विशिष्ट अतिथिकोरूपमा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै खण्ड विकास अधिकारीले दिगो कृषि अभ्यास र कृषि गतिविधिको विविधीकरणको महत्त्वमाथि जोड दिए। प्रशिक्षणको क्रममा उनले सहभागीहरूलाई मौरी व्यवस्थापन, घारको मर्मत लगायत अन्य विषयमाथि प्रकाश पारे। यस पहलको एक भागको रूपमा, रिनाक एडीओ, एचडीओ र पशुपालनका उपनिर्देशकले यस क्षेत्रका प्रगतिशील किसानहरूलाई मौरी बाकसहरू वितरण गरे, जसले मौरी पालन इकाईहरू स्थापना गर्न सहयोग पुग्नेछ।