सिलगढीः अनलाइनका माध्यमद्वारा स्नातक परीक्षा सम्पन्न हुने भएको छ। यसको घोषणा हुने बित्तिकै उत्तरबंग विश्वविद्यालका विद्यार्थीहरूमा खुशीको लहर छाएको छ। आज विश्वविद्यालयको तर्फबाट अनलाइन मार्फत स्नातक परीक्षा हुनेबारे नोटिश जारी गरेको छ। स्मरण रहोस्, गत १२ र १७ मईमा अनलाइन मार्फत परीक्षा गरिनुपर्ने मागमा उत्तरबंग विश्वविद्यालय परिसरमा विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गरेको थियो।विद्यार्थीहरूको मागलाई स्वीकार गर्दै विश्वविद्यालयको तर्फबाट अनलाइन परीक्षा हुने विषयमा आज नोटिश जारी गरेको छ। यस विषयमा विश्वविद्यालयका रेजिस्ट्रार डा. प्रणव घोषले बताएअनुसार विद्यार्थीहरूलाई ध्यानमा राखेर अनलाइन मार्फत स्नातक परीक्षा गरिने निर्णय लिएको हो। हाल विद्यार्थीहरूको विविध प्रतियोगितामूलक परीक्षाको तयारी रहेको छ। यसैले विद्यार्थीहरूलाई ध्यानमा राखेर तिनीहरूको भविष्य सुनिश्चित गर्नको लागि अनलाइनमार्फत स्नातक परीक्षा गरिने निर्णय लिएपछि नोटिश जारी गरेको हो।