आँगनवाडी कार्यकर्ताहरूलाई “पोषण भी पढाई भी” बारे तालिम

IMG-20241217-WA0266

मंगन: उत्तर जिल्लाका एकसय जना आँगनवाडी कार्यकर्ताहरूका लागि पोषण भी पढाई भी बारे तालिम कार्यक्रमको पहिलो दिन सफलतापूर्वक सम्पन्न भयो। तालिममा बालबालिकाको हेरचाह, शिक्षा र आमाहरूको लागि पोषण परिणामहरू सुधार गर्ने सन्दर्भमा जानकारी दिएको थियो। कार्यक्रमको लक्ष्य आँगनबाड़ी कार्यकर्ताहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने रहेको छ। कार्यक्रममा नानीहरुको उचित हेरचाह र महिलाहरुको खानपानमाथि चर्चा गरिएको थियो। अर्कोतिर सहभागिहरुलाई यस्ता कार्यमा प्रोत्साहित गर्न, विभाग र सहभागीहरूबीच सम्बन्ध तयार परार्न समूह गतिविधिहरू पनि सञ्चालन गरिएको थियो। यस क्रममा पोषणमाथि ध्यान दिँदै कुपोषण भएका बालबालिकाको खाना व्यवस्थापन, यसको विविधता, सरसफाइ र स्वच्छताबारे पनि जानकारी दिइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement