जलपाईगढ़ी: जिल्लाको मेटेली ब्लकस्थित उत्तर धूपझोड़ा क्षेत्रमा गए राति हात्तीको उपद्रोबाट एउटा परिवार भाग्यले बॉच्न सफल भए। तर उनीहरूको घरलाई भने हात्तीले क्षतिग्रस्त बनाइदिएको छ।
सो घटना पछि वन विभागको खुनिया स्क्वायडका वनकर्मीहरूले घटनास्थलमा पुगेर हात्तीलाई पुनः जंगल तर्फ लखेटे।
स्थानीयका अनुसार गए सोमवार राति हात्ती जंगलबाट निस्किएर ज़ब आवासीय क्षेत्रमा प्रवेश गऱ्यो। त्यसपछि हात्तीले नमिता रायको घरमा आक्रमण गऱ्यो। जाड़ोको मौसम भएकाले परिवार गहिरो निन्दमा थिए। अचानक टीनको बार भत्किएको आवाजले उनीहरू ब्युँझिए। परिवारले आफूहरूलाई सम्हाल्नअघि नै हात्तीले आक्रमण गऱ्यो। अचानक गरेको आक्रमणमा पनि परिवारले साहस देखाउँदै आफूहरूलाई बचाउन सफल भए। तर हात्तीले घरमा राखिएको अन्नपात खाइदियो। यस घटनाको कारणलउक्त क्षेत्रमा स्थानीयबासी त्राहिमाम छन्। घटना पछि वन विभागको खुनिया स्क्वायडका वनकर्मीहरू घटनास्थलमा पुगे अनि हात्तीलाई अन्ततः लामो प्रयत्न पछि जंगलतिरै फर्काइदिए। स्थानीय मानिसहरूले हात्तीको आक्रमणलाई रोक्नका लागि राति वनकर्मीहरूको पेट्रोलिंग तथा सर्च लाइटको व्यवस्था गरिदिने माग गरेका छन्। वन विभागको पक्षबाट आवश्यक कदम उठाउने आश्वासन दिइएको छ।