जलपाईगढ़ी: राजमार्गमा भएको दुर्घटनामा दुईजना युवकको घटना स्थलमै मृत्यु भयो भने एकजना घाइते भएका छन । सो घटना गए सोमवार राति जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत राधारबाड़ी अन्तर्गत सिलगढ़ी-जलपाईगढ़ी राष्ट्रिय राजमार्गमा भएको हो।
घटनाका क्रममा मृत्यु हुनेहरुमा ऋषिकेश र मृण्मय रहेको छ भने घाइते युवक लक्षण बर्मनको उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।
पुलिसका अनुसार गए सोमवार राति तीनजना युवकहरू कामबाट एउटै बाइकमा सवार भई घर फर्किरहेका थिए। यसै क्रममा राष्ट्रिय राजमार्गमा वाहनसित बाइक ठोक्किन पुग्दा तीनैजना युवकहरू गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले तीनैलाई उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पुरयाएका थिए तर डाक्टरहरूले ऋषिकेश र मृण्मयलाई मृत घोषित गरिदिए। अहिले घाइते लक्षण बर्मनको उपचार भइरहेको छ। राजगञ्ज थानाको पुलिस घटनाको जाँचमा जुटेको छ।