खोरीबाड़ी: जँड्याहहरूको आक्रमणमा परी खोरीबाड़ी थानाका एएसआई श्याम थापा गम्भीर रूप ले घाइते भएका छन्। अहिले उनको उपचार खोरीबाड़ी ग्रामीण अस्पतालमा भइरहेको छ।
पुलिसकर्मीमाथि आक्रमण गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेको छ। पक्राउ पर्नेमा स्थानीय सुनिल महतो हुन्।
पुलिसका अनुसार खोरीबाड़ी थानाको पुलिसले केही दिनदेखि खोरीबाड़ीको बंगाल-बिहार सीमा आसपासका क्षेत्रमा देशी मदिरा विरोधी अभियान संचालन गरिरहेको छ। सोही अभियानको क्रममा गए सोमवार राती पनि डांगुजोतमा सो अभियान संचालन गर्ने सिलसिलामा जँड़्याहहरूले पुलिस टीममाथि आक्रमण गरे सो आक्रमणमा परि खोरीबाड़ी थानाका एएसआई श्याम थापा शख्त घाइते भएका छन्। उनलाई उपचारको निम्ति खोरीबाड़ी ग्रामीण अस्पतालमा भर्ना गरिएको छ।
उक्त घटनापछि पुलिसले एकजना आक्रमणकारीलाई गिरफ्तार गरेको छ भने घटनास्थलबाट दर्जनौं आक्रमणकारी भाग्न सफल भए। उनीहरूको खोजी पुलिसले गरिरहेको छ।