अलिपुरद्वार: फालाकाटा टाउन ब्लक तृणमूल कंग्रेसले जनसम्पर्क यात्रा निकालेको छ। फालाकाटा टाउन ब्लक अध्यक्ष शुभब्रत देको नेतृत्वमा मंगलवार फालाकाटा स्टेशन मोड़ स्थित अनुकूल चन्द्र मन्दिरमा पूजा अर्चना गरेपछि जन सम्पर्क यात्रा निस्किएको थियो।
सो अवसरमा नेता र कार्यकर्ताहरूले बटुवा तथा पसलेहरू समक्ष पुगेर सरकारले गरेका कार्यहरूबारे अवगत गराए। सो क्रममा सरकारी योजनाहरूको लाभ उनीहरूले पाइरहेका छन् कि छैनन् त्यस बारे पनि राय संकलन गरेका थिए।
फालाकाटा टाउन ब्लक अध्यक्ष शुभब्रत देले भने, आगामी विधानसभालाई मध्यनजर गर्दै फालाकाटामा जनसम्पर्क यात्रा शुरू गरिएको छ। यस यात्रामा मानिसहरूसित भेटघाट गरिनेछ तथा सरकारी योजनाहरूको लाभ-विकासमाथि कुराकानी गरिनेछ। यो अभियान लगातार जारी रहनेछ।