कामरूप(असम): कामरूप (ग्रामीण) जिल्लाको रंगिया पुलिसले लागु औषध हेरोइन सहित दुईजना युवकहरूलाई पक्राउ गरेको छ। मंगलवार गुप्त सूचनाको आधारमा थाना क्षेत्रको रेलवे स्टेशन नजिक अभियान चलाएर दुईजना युवकलाई लागु औषध ८ ग्राम हेरोइन सहित पक्राउ गरिएको पुलिसले बताए।
पक्राउ पर्नेमा तामुलपुर जिल्लाको नागरीजुलीका राजा अहमद र विकी अली रहेका छन। पुलिसले उनीहरुका साथबाट एउटा स्कुटी (एएस-२८डी-३०२९) बरामद गरेको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी दुवैसित जाँचबुझ गरिरहेको छ।