दार्जीलिङ: पहाडमा बहुप्रतिक्षित ‘दार्जीलिङ मेलो टी फेस्ट’-को काउण्ट डाउन शुरू भइसकेको छ। हिल म्याराथनको ११औं संस्करण अन्तर्गत बिहीवार अपरान्ह यता शुरु हुने उक्त महोत्सवलाई केन्द्र गरेर युद्धस्तरमा तयारीबीच सुरक्षा व्यवस्थासँगै ट्राफिक प्रबन्धन चुस्त गरिएको जानकारी छ। यसको साथै चौरस्ता परिसरमा हुने तीन दिवसीय कार्यक्रमलाई लिएर सीसी टीभी अनि वाच टावरमार्फत निगरानी राखिने दार्जीलिङ पुलिस सुपर प्रवीण प्रकाशले बताएका छन्।
कार्यक्रमबारे बोल्दै उनले मिडिया सम्बोधनमा विस्तृत जानकारी गराए भने निःशुल्क आयोजना गरिने महोत्वसलाई अनुशासित भइ सहभागी हुने पहाड समक्ष अपील गरेका छन्।









