काठमाण्डू: राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो भ्वाइस रेकर्ड सार्वजनिक गर्न चुनौती दिएका छन्।
सोमबार विज्ञप्ति जारी गरी गौतमले आफूले बोल्दै नबोलेको कुरा प्रधानमन्त्रीले बोलेको बताएका हुन्। उनले भनेका छन्, ‘क.केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस्! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ।
’प्रधानमन्त्री ओलिकाअनुसार संवादका क्रममा वामदेवले मदन भण्डारी कांग्रेसले मा*रेको र त्यो कुरा आफूलाई त्यतिबेलै थाहा भएको बताएका थिए।