(२० अगस्त १९९२ मा लोकसभामा नेपाली भाषा मान्यताको विधेयक पारित भएको होl यसपछि ३१ अगस्त १९९२ मा तत्कालिन राष्ट्रपति डा. शंकर दयाल शर्माले स्वीकृति जनाउँदै पारित गरिएको सो विधेयकमा हस्ताक्षर गरेपछि भाषा मान्यताको कार्य पूरा भएको होl २० अगस्तको दिनलाई नेपाली भाषा मान्यता दिवसको रुपमा पालन गरिँदै आएको छl नेपाली भाषा मान्यताको कार्य पूर्ण भएको अवसरमा आज यहाँ प्रस्तुत छ विशेष कविता)

कोखैदेखि सुन्दै आएकी
बालापनको तोते बोलीमा बोलेकी
अभिव्यक्तिको साधन बनेकी
आमाले अ आ सिकाएकी
हो यो हाम्रो भाषा नेपाली भाषा।
जनमानसको प्रखर आवाज हौ।
ह्रदयभित्रको गहिरो भाव हौ।
सभ्यता संस्कृतिको परिचय हौ।
साहित्यको तिमी दर्पण हौ।
हो यो हाम्रो भाषा नेपाली भाषा।
एक सुत्रमा जातिलाई बाँध्ने
विविधतामा पनि एकता ल्याउने
हामी सबैको परिचय दिने
चारै दिशालाई एउटै मुठ्ठीमा ल्याउने
हो यो हाम्रो भाषा नेपाली भाषा।
कथा कविता निबन्ध लेखिन्छ
बालापनको सम्झाना लेखिन्छ
मनभित्रको कुरा सुनिन्छ
हजुर यो हाम्रो आफ्नो भाषा
(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)