इलाम: इलामको माई नगरपालिकामा आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा देउमाई नगरपालिका-४ मंगलबारे बस्ने ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवा रहेका छन्। माई नगरपालिका-२ रातेखाडी बस्ने ठकबहादुर लिम्बुको घर नजिकै रहेको उनकै परालको कुन्युमा सोमबार राति आगलागी भएको थियो। आगलागीमा जलेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो।