खरसाङ: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको तेस्रो दिनको खेलमा ब्राइट एकाडेमी सिलगढीले पेनाल्टी सुट आउटमा खेल जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको तेस्रो दिन लिंकन क्लब सिपाहीधुरा र ब्राइट फुटबल क्लबमाझ खेल सम्पन्न भएको थियो। उक्त खेलमा पहिलो हाफ र दोस्रो हाफको खेलमा नै कुनै गोल हुन सकेन।निर्धारित समयमा कुनै गोल नभएपछि खेलको परिणाम पेनाल्टी सुट आउटमा प्राप्त भएको छ। पेनाल्टी सुट आउटमा ब्राइट एकाडेमीले लिङ्कन क्लब सिपाहीधुरालाई ४-२ को अन्तरले खेल जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। यस खेलमा म्यान अफ् द म्याज ब्राइट एकाडेमीको रोहित टाइबो चयन भएका छन्। यस खेलमा मुख्य अतिथिको रुपमा उत्तम शर्मा उपस्थित रहेका थिए। अब आज बुधबार सिमरिङ एफसी र निखिल ईलेभेन महानदीमाझ सम्पन्न हुने भएको छ।