एउटा पार्टी बन्द गरेर अर्को नयाँ पार्टी खोल्नु भनेको हाम्रो पार्टी फेल भएको हो: युवा शक्ति

IMG-20241217-WA0223

खरसाङ: पहाडमा नयाँ पार्टी खोलिने विषयमा पत्रकारहरुले सोधेको प्रश्नको उत्तरमा सत्तामा रहेका पार्टी भागोप्रमोको भातृ संगठन युवा शक्तिको केन्द्रीय प्रवक्ता अनित खातीले आफ्नो प्रतिक्रिया दिन्दै एउटा पार्टी खोलि सकेर त्यही पार्टीको अध्यक्षले फेरि अर्को पार्टी खोलेर अध्यक्ष बन्दै गरेको सुनियो तर त्यसपट्टि हाम्रो ध्यान छैन बरु हामी हाम्रो आफ्नै पार्टीको संगठनको कार्यमा व्यस्त रहेको भनी बताएका छन्। उनले पत्रकारहरुले सोधेको प्रश्नको उत्तरमा भने, लोकतन्त्रमा सबैले पार्टी खोल्न पाउँछ।‌ हामी अरुले के गर्दैछ भन्नेमा होइन तर हामी आफ्नै पार्टीको संगठनको कार्यमा सक्रिय छौं।’
पहाडमा नयाँ पार्टी खोलिए के कस्तो‌ प्रभाव पर्न जाला भन्ने प्रश्नको उत्तरमा युवा शक्ति केन्द्रीय समितिको प्रवक्ता अनित खातीले भने, हाम्रो पार्टीको अध्यक्ष नै अर्को नयाँ पार्टीको अध्यक्ष हुने कुरा सुनिन्दैछ।‌ तर एउटा पार्टी बन्द गरेर अर्को पार्टी खोल्नु भनेको हाम्रो पार्टी फेल भएको हो। अझ राम्रो‌ नाम राख्नलाई खोलेको होला। तर नाम र काममा फरक हुन्छ। काम सफल नभएर अर्को नयाँ पार्टी खोलेको हुनसक्छ।‌’
खातीले अघि भने, ‘नयाँ ‌पार्टीमा पुरानै अनुहारहरु देख्न सकिन्छ होला।‌ सबै पार्टी चहारेर घुम्दै घुम्दै नयाँ पार्टीतिर आउने झुण्ड नै होला जस्तो लाग्यो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement