केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा खरसाङमा युवा शक्तिको सांगठनिक सभा सम्पन्न

IMG-20241217-WA0218

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति खरसाङ महकुमा समितिको आयोजनामा युवा शक्ति केन्द्रीय समितिको पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको छ। उक्त सभा युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरुङको अध्यक्षता र मूल सचिव विज्ञान मिश्रको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई युवा शक्ति केन्द्रीय अध्यक्ष अमृत योञ्जन, केन्द्रीय महासचिव सदीप प्रधान र केन्द्रीय प्रवक्ता अनित खातीले सम्बोधन गरेका थिए। सभामा खरसाङ महकुमा अन्तर्गत पर्ने १३ वटा समष्टिहरुको सभापति र सचिवहरुले आफ्नो आफ्नो समष्टिकाे युवा शक्तिको रिपोर्ट बुझाएका थिए। सभामा वक्ताहरुले युवा शक्तिको सांगठनिक गतिविधि र पार्टीगत सांगठनिक विषयमा वक्तव्य राख्दै युवाहरुलाई सांगठनिक रुपमा सक्रिय रुपमा अघि आएर कार्य गर्ने आह्वान् गरेका छन्। सभालाई युवा शक्ति खरसाङ महकुमा समितिको सभापति एंव सभाध्यक्ष प्रेमेन्द्र गुरुङले‌ पनि वक्तव्य राखेका थिए।‌ सभामा युवा शक्ति केन्द्रीय समितिको पदाधिकारीहरुमा केन्द्रीय उपाध्यक्ष गुरदिप सिंगक (सुब्बा), केन्द्रीय सांगठनिक सचिव सञ्जय गुरुङ, केन्द्रीय सदस्यहरु सुनिल राई र छिरिङ भोटिया, सञ्जीव छेत्री लगायत खरसाङ महकुमा समितिको पदाधिकारीहरु र १३ वटै समष्टिकाे सभापति सचिवहरु उपस्थित रहेका थिए।‌ सभापछि पत्रकारहरुसित कुराकानी गर्दै युवा शक्ति केन्द्रीय प्रवक्ता अनित खातीले युवा शक्ति केन्द्रीय समितिले विभिन्न स्थानहरुमा गएर युवा शक्तिको सांगठनिक सभाहरु गर्दै आईरहेको र आज खरसाङ महकुमा समितिको आयोजनामा सभा सम्पन्न भएको बताएका छन्। उनले भविष्यमा पनि विभिन्न स्थानहरुमा गएर यसरी नै सांगठनिक सभाहरु आयोजना गर्ने योजना रहेको बताएका छन्। उनले आजको सभामा युवा शक्तिको केन्द्रीय पदाधिकारीहरु, महकुमा र १३ वटै समष्टिकाे सभापति सचिवहरु उपस्थित रहेर समष्टिको रिपोर्ट बुझाएको जानकारी गराएका छन्।

त्यसरी नै खरसाङ महकुमा समितिको सचिव विज्ञान मिश्रले‌ आजको सभा युवा शक्तिको केन्द्रीय पदाधिकारीहरुको विशेष उपस्थितिमा खरसाङ महकुमा र १३ वटै समष्टिकाे सभापति सचिवहरुलाई ‌लिएर सम्पन्न भएको जानकारी गराएका छन्‌‌। उनले युवा शक्तिको सांगठनिक सभाहरु विभिन्न समष्टिहरुमा पनि भईरहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement